नेपाली चलचित्र क्षेत्रमा निकै चर्चा बटुल्न सफल चलचित्र ‘प्रेम गीत’ को दोस्रो सिरिज अर्थात ‘प्रेम गीत ३’ को पात्र छनौट कार्य लगभग सक्किसकेको कुरा निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन।
थुप्रै सफल चलचित्र निर्माण गरिसकेको नेपाली चलचित्र क्षेत्र मा छुट्टै छाप छोडन सफल आसुसेन फिल्म को ब्यानरमा निर्माण हुन लागेको चलचित्र प्रेम गीत ३ मा प्रमुख पात्र हरुमा प्रदिप खड्का, कृष्टिना गुरुङ, मनिष रावत, शिव श्रेष्ठ, सुनिल थापा, बालकलाकार अनुभव रेग्मी लगायत थुप्रै चर्चित अनुहारहरूका साथै निर्माता तथा निर्देशक सन्तोष सेनलाई पनि देख्न पाईने भएको छ ।
गीत पात्र छनौटका लागि केहि महिना अगाड़ी गरेको अडिसनबाट केहि दिन अगाड़ी निर्माण टीम ले गीत पात्र को लागी कृष्टिना गुरुङ लाई सार्वजनिक गरेको हो।
निर्माण गर्ने घोषणा गरेसँगै चर्चामा रहेको चलचित्र उत्कृष्ट बनाउनका लागि निर्माण टीम पनि उतिकै कडा मेहनतको साथ निर्माण कार्यमा लागिरहेको बताएका छन।
छेतेन गुरुङ र मन्दिप गौतम ले लेखेको प्रेम गीत ३ को छायांकन भने आउदो तिहार लगतै मुस्ताङ र देशको बिभिन्न ठाउहरु सहित काठमाण्डौमा हुने भएको छ । प्रेम गीत ३ सन्तोष सेन र बिजय चामलिङ मिलेर निर्माण गर्दैछन भने निर्देशन छेतेन गुरुङ र सन्तोष सेन ले गर्दैछन ।
उक्त चलचित्र भने यही बर्षको चैत्र २८ मा प्रदर्शनमा आउने निर्माण टीम ले बताएको छ।