प्रिय मैले बिर्सन नसकेको मान्छे,
प्रसान्त महासागर भन्दा ठूलो अनि सगरमाथा भन्दा अग्लो सम्झनाका लहरहरु केवल तिम्रो लागि मात्र ल.......
जिन्दगीका यात्रा हरूमा धेरै मान्छेहरू भेटिए र छुटिए पनि तर तिमी मात्र एउटा त्यस्तो मान्छे हौ जो आजसम्म यतिका बर्ष सम्म पनि मेरो मानसपटल मा अझै उस्तै जस्तो बर्षौं पहिला रहेकी थियौ!!
मेरो प्रिय मान्छे हो मैले तिमीलाई जति नै भुल्ने चेष्टा गरेपनि कहिल्यै भुल्न सकिन अझै भनुम क्यारे भुल्न नै चाहिन!! म संग भएको त्यही तिम्रो याद त होनी यस्लाई पनि भुले त म सिधा संधाको लागि एक्लै त भैहाल्छु नी हिजो पो मेरो साथमा तिमी थियौ र आज त को छ र? यहि तिम्रो यादले त मलाई जिउने प्रेरणा दिईरहेको छ त्यसैले पनि तिम्रो याद लाई भुल्न चाहान्न!!
कति रमाईला थिए त्यो पल जंहा तिमी र म संगसंगै स्कुल बिदामा घांस दाउरा अनि गोठालो जांदाका दिनहरू आज सम्झदा मात्रै पनि फेरी एकफेरा तिमीलाई मेरै नजिक मेरै बरिपरी हिजो को मेरो हुदाको तिमीलाई पाउछू!!
आज पनि झल्झली याद आउछ रोधीमा नजानी नजानी भए पनि तिमीसंगै नाचेको मेरै लागि भनेर साउने ब्रत बसेको हातभरी हरिया चुरा लगाएर बजाउदै जब तिमी म सामु आउथियौ नी सांच्चिकै स्वर्ग बाट परी नै आए जस्तो भान हुन्थियो मलाई म यो सब कुरा तिमी लाई मख्ख पार्नको भनिरहेकोछु नसोच्नु मलाई तिमी जस्तो लाग्थियौ नी त्यस्तै भनिदिएको मात्र,
श्रावणको महिना बर्षात मा भिज्दै भिज्दै बोलबम गएर मागेको ती कुराहरू सायद भगवान ले सुनेनछन क्यारे! कि त तिमीले मलाई माग्दै मागिनौ हुनसक्छ मलाई मख्ख पार्नको लागि मात्रै “तिमीलाई भगवान संग मागेकी छुनी” मैले भनेउ जेहोस तिमी ले त्यसो भन्दा एकैछिन भए पनि मन हावामा उडाएर तिमी संगै जुनी काट्ने सपनाहरू देखेको थिए!! जब म दुखि हुन्थिए तिमीले फकाउथियौ,तिमी दुखि हुदा नजानि नजानि भएपनि तिमीलाई फकाउने प्रयास गर्थिए सम्झदा मात्रै नी रमाईलो लागेर आउछ अहिले पनि तिमी मेरो कांखमा अड्याउदै भन्थियौ हेर न त्यो जून कति राम्रो छ है, म पनि भनिदिन्थे तिमी त्यो जून भन्दा नी राम्री छौ होला खुवै भनेर मेरो नाक तानिदिन्थ्यौ अनि म नाक तानिदिएको बाहानामा रिसाएको जस्तो गरीदिन्थे,तिमी मलाई फकाउन खोज्थियौ म झनै रिसाएको जस्तो नाटक गरिदिन्थे त्यही फकाउने बाहानामा तिमी मेरो निधारमा किस गरीदिन्थ्यौ,”बच्चा हो र म निधारमा किस गर्नलाई” यी यंहा गर आफ्नो ओंठ तर्फ ईशारा गर्दै म भन्थे,त्याहा त ईस गर्छु फोहोरी भन्दै गालामा प्याट्ट पिट्दै तिमी भाग्न खोजथियौ म च्याप्प समातेर तिमीलाई अंगालोमा झनै नफुत्कने गरी बांध्थे!! दिनहुको भेटघाट छिनछिनको फोन र म्यासेज झनै गाढा भैरहेको थियो!! तर एक्कासी तिम्रो बिहेको खवर गाउभरी फैलियो सुरूमा त लाग्यो त्यो झुटो हो तर त्यो सांच्चिकै रहेछ बिहेको मिती पनि पक्का भैसकेको रहेछ तिम्रो!! मलाई भनि लाग्दैथियो सिंगो आकाश नै मैमाथि खसेकोछ,ज्वालामुखीमा परेको छू तिमीलाई भेटन झन मन अतालिन थाल्यो तिम्रो मुख बाट सुन्न मन थियो त्यो झुटो हो तर बास्तविकता लुकाएर कंहा लुक्छ र!
जसै बज्यो पन्जेबाजा तिम्रो घरमा अनि त म आफुले आफैलाई रित्तोरित्तो महशुस गर्न थाले भुकम्पले बिनास पारेको बस्ती जस्तै सुनसान अनि शोकमन्न तिमी त गयौ पराईको डोलीमा चढी खुशी थियौ या त दुखि मलाई थाहा भएन तर म भने एकान्तमै रोहि बसे!! बिहे भएको नी २/३ दिन बित्यो रितीरिवाज अनुसार तिमी पहिलेको घर अहिले को माईत “दुरुम” फर्काउन आयौ मैले तिमी लाई एकफेरा हेर्ने निर्णय गरे थामे आंशू अनि गए तिम्रो घर नजिक रातो सारी हात भरी चुरा औंलामा औंठी निधारमा रातो टिका कुनै फिल्मको हिरोइनी भन्दा कम देखिएकी थिएनौ!! तर मलाई बिल्कुलै राम्रो लागेन तिम्रो साथमा म हुनूपर्ने ठाउंमा तिम्रो श्रीमान थियो खुशी थियौ तिमी मुसुक्क मुस्कुराउदै आफ्नो श्रीमानलाई हेरिरहेकी थियो!!
त्यो दृष्य हेरिरहदा मैले आंशू थाम्नै सकिन र आंखाको आंशू पुछ्दै घरतिर गए !!
मनभरी अनेकौं कुरा खेल्न थाले मसंगको साथ राम्रो नलागेरै त होला नी तिमीले अर्कैको साथ रोजेको भन्ने एकातिर लाग्थ्यो र अर्को तिर सायद बुवमुवाको कुरा काट्न नसकेर होला भन्ने पनि लाग्यो!! तर तिमीले बिहे गर्दैछु म भनेर एकफेरा भन्न पनि योग्य ठानिनौ है मलाई हुनसक्छ सायद म रून्छु तिमीलाई फकाउन झ्याउ हुन्छ भनेर होला छोडिदेउ यि बेक्कार र बेफ्वाक का कुराहरू थाहा छ अब यी कुराहरूले तिम्रो र मेरो जीवनमा कुनै अर्थ राख्दैन!!
जसै तिमी मेरो जिन्दगी बाट कहिल्यै नफर्किने गरी गयौ नी त्यतीबेला लाग्थ्यो “तिमीबिना मेरो केही अस्तित्व नै छैन म मरे सरी भए” तर त्यस्तो होईन रहेछ बिस्तारै समय संग मन पनि बदलिदै जाँदो रहेछ तर यसको मतलव यो होईन की म तिमीलाई सम्झिन्न माया नै गर्दिन भन्ने सम्झन त हिजो भन्दा नी बेसी सम्झन्छु माया पनि हिजो भन्दा आज झनै गर्छु!! त्यही तिमीसंग बिताएका मिठा पलहरू त मेरो जीवन जिउने प्रेरणा बनेर उभीएकोछ जस्तो की सानोतिनो भुईचालो भत्काउन नसक्ने घरको पिल्लरहरू जसरी एकदमै मजबुत!!
तिमीले त पराईलाई रोजेर गयौ तर म आजसम्म म अरु कसैसंग खुल्न नै चाहिन मलाई चाहानेहरु पनि नभएका त होईनन तर तिम्रो जीवनमा मेरो ठाउं अरूले लिए पनि मेरो जीवन मा तिम्रो ठाउं कसैले नी लिन सक्दैन हिजो तिमी थियौ यो दिल भित्र माछा जस्तै उम्किएर गयौ आज पनि तिम्रा यादहरू छन जुन याद लाई म हिजो तिमी उम्किए जसरी उम्किन दिन्न एकदम जतन अनि सुरक्षित साथ संधै भरी यो दिलमा नै राख्नेछु भेट हुदा बोलिदेउ आंखा तरेर नहिड मलाई त्यती भए पुग्छ जंहा जुनठाउमा रहे पनि संधै हांसिखुशि रहनू रुने त म छंदै छु नी यति भन्दै यो पत्रबाट क्षितिजमा डुब्न लागेको घाम जस्तै ओझेल पर्न चाहान्छु!! अलबिदा!!
उही तिमीलाई बिर्सन नसकेको मान्छे
No comments:
Post a Comment