Thursday, September 5, 2019

मुक्तक

प्रेम दिल खोली दिल देखिनै लाए पो मज्जा आउछ
जीबनमा ‘काला गए गोरा आए’ पो मज्जा आउछ
हैट! रुने होईन,बिगतलाई भुलेर त प्रगती पो गर्ने हो
छाडेर जानेहरु भोली रुदै पछुताए पो मज्जा आउछ

                   लक्ष्मण मल्ल

Tuesday, July 2, 2019

१०१ चर्चित पात्र ले भरिभराउ चलचित्र ‘प्रेम गीत ३’

नेपाली चलचित्र क्षेत्रमा निकै चर्चा बटुल्न सफल चलचित्र ‘प्रेम गीत’ को दोस्रो सिरिज अर्थात ‘प्रेम गीत  ३’ को पात्र छनौट कार्य लगभग सक्किसकेको कुरा निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन।

थुप्रै सफल चलचित्र निर्माण गरिसकेको नेपाली चलचित्र क्षेत्र मा छुट्टै छाप छोडन सफल आसुसेन फिल्म को ब्यानरमा निर्माण हुन लागेको चलचित्र प्रेम गीत ३ मा प्रमुख पात्र हरुमा प्रदिप खड्का, कृष्टिना गुरुङ, मनिष रावत, शिव श्रेष्ठ, सुनिल थापा, बालकलाकार अनुभव रेग्मी लगायत थुप्रै चर्चित अनुहारहरूका साथै निर्माता तथा निर्देशक सन्तोष सेनलाई पनि देख्न पाईने भएको छ ।

गीत पात्र छनौटका लागि केहि महिना अगाड़ी गरेको अडिसनबाट केहि दिन अगाड़ी निर्माण टीम ले गीत पात्र को लागी कृष्टिना गुरुङ लाई सार्वजनिक गरेको हो।

निर्माण गर्ने घोषणा गरेसँगै चर्चामा रहेको चलचित्र उत्कृष्ट बनाउनका लागि निर्माण टीम पनि उतिकै कडा मेहनतको साथ निर्माण कार्यमा लागिरहेको बताएका छन।

छेतेन गुरुङ र मन्दिप गौतम ले लेखेको प्रेम गीत ३ को छायांकन भने आउदो तिहार लगतै मुस्ताङ र देशको बिभिन्न ठाउहरु सहित काठमाण्डौमा हुने भएको छ । प्रेम गीत ३ सन्तोष सेन र बिजय चामलिङ मिलेर निर्माण गर्दैछन भने निर्देशन छेतेन गुरुङ र सन्तोष सेन ले गर्दैछन ।
उक्त चलचित्र भने यही बर्षको चैत्र २८ मा प्रदर्शनमा आउने निर्माण टीम ले बताएको छ।

मुक्तक

लगे रहेन छ केही पनि साथ रित्तै थियो
हिजो जलाउदा उसको हात रित्तै थियो
सोंच्थे धनीहरुले मर्दा धन पनि संगै लान्छन,
होईन रहेछ यार मसानघाट रित्तै थियो

लक्ष्मण मल्ल
रामपुर 3 ओईरेघाट पाल्प

Thursday, February 15, 2018

तिमी भित्र हराएको म

तिमी त गयौ मेरो जीवन देखि कहिल्यै नफर्किने गरी तर म तिमी लाई भूल्न सकिरहेको छैन मेरो प्रिय मान्छे हो म तिमी लाई हिजो जति प्रेम गर्थिए नी आज नी त्यती नै गर्छू फरक यत्ति हो हिजो तिमी साथ थियौ त आज तिम्रो याद अनि तिम्रो तस्वीर शिवाय मंसग केहि छैन अब त लाग्दैछ तिमी बिना यी धडकन हरु पनि धडकिन छाड्नेछन तिम्रै यादमा दिन अनि रात काट्ने गरेको छु कहिले कांहि त लाग्छ सदासदाको लागि यो जुनीमा त संगै हुन सकिएन तर अर्को जुनी संगै साथै हुनेछौं भन्ने बाचा सहित यो संसारबाटै बिदा लिउ तर आजसम्म मन धानेर बसेको छु

कुरा त्यतिबेला को जति बेला हामी कक्षा १० मा पढथिंयौ उनको र मेरो घर करिब १०/१२ मिनेट मात्र परको दुरीमा पर्थियो!! उनी,म,बिपिन अनि जीबन एउटै गाउ  एउटै स्कुल अनि एउटै कक्षा मा पढने र मिल्ने साथी थिएम हामी ४जना प्राय संगसंगै स्कुल जाने अनि फर्कने गर्थिएम!
एकदिन जीबनको घरमा बिशेस काम भएको हुनाले उ स्कुल नजाने भन्ने खवर पाएम म,उनी र बिपिन संधा झैं स्कुल जानको लागि ९ बजेतिर तयार भएर निस्कियम स्कूल पुग्न हाम्रो गाउबाट लगभग ३०/३५ मिनेट जति लाग्थियो स्कूल जाने क्रममा हामीहरू बिच संधै रमाईला अनि मिठा कुरा हुन्थियो कहिले फिल्मका,कहिले भबिष्यका त कहिले पढाईका त्यो दिनपनि संधा झैं सामान्य कुराकानीमा नै हामी स्कुल ९:५० बजेतिर पुगेम पुगेर एकछिन बस्न पनि नपाई राष्ट्रिय गानको लागि घन्टी बज्यो हामीहरू पनि लाईनमा बस्नको लागि ग्राउन्ड तर्फ लाग्यौं १० कक्षा को लाईन प्राय एकैठाउमा हुन्थियो तर छात्र र छात्राको फरक फरक उनी म सिधा उता पट्टि लाईनमा थिईन घोप्टि परेर राष्ट्रिय गान गाउदै थिईन म भने गाउदै नगाएर एकोहोरो उनीलाई हेर्दै बसिरहे अरु दिनभन्दा आज अलि अर्कै नजरले अझै भनुम प्रेमीको नजरले किनकी म उनलाई भित्रभित्रै मन पराउन थालिसकेको थिए उनीसंगै जीवन बिताउने सपना समेत देखिसकेको थिए!! त्यो दिन राष्ट्रिय गान कतिबेला सकियो थाहा नै पाईन सबै कक्षा कोठातिर लागे म पनि हास्तै हास्तै गए!! मनभरी कुराहरू खेलाउदै बसिरहे एकदिन मैले उनको कपी हेरेको थिय “कृपया अनुमति बिना कसैले नि नहेरीदिनूहोला” यही लेखेको थिईन त्यही बिना अनुमति कसैलाइ कापी त हेर्न नदिने मान्छेलाई म उनको अनुमति बिना नै दिलभित्र राखिसकेको रैछु सजाइसकेको रहेछु त्यतिकैमा सर आउनु भयो हाजिरी गरेर पढाएर पनि जानुभयो म भने उनीसंग हांसेको खेलेको अनि संधैभरी संगै जिउने बाचा गरेको कल्पना मै हराईरहे त्यो दिन त्यसरी नै बितिरह्यो हाल्फटाईम को घन्टी बज्यो उनी म अनि बिपिन नास्ता गर्नको लागि क्यान्टिन तर्फ लाग्यौं उनीहरू नास्ताको अर्डर गर्नको लागि तिमी के खान्छौ भनेर सोध्दै थिए म चाउमिन भनिदिए नास्ता गरेर केहि बेर पछि बिपिनले भन्यो आजको सबैको पैसा म दिन्छु उनी भन्दै थिईन छोडदेउ मेरो म आफै दिन्छु म भने खुशी थिए किनकी बिपिनले पैसा दिएपछि मैले दिनु पर्दैन भनेर त्यो दिनको नास्ताको पैसा बिपिनले नै दियो र मलाई एकान्तमा बोलाउदै म आज पढदिन्न बाहिर साथीले बोलाको छ म जान्छु घरमा नभनदेउ है भन्दै थियो मैले बुझिहाले अघिको नास्ताको पैसा त्यहि भएर पो दिएको रैछ र हुन्छ भन्दै मुन्टो हल्लाईदिए बिपिन त्यहाबाट लाग्यो र म पनि उनी भएको ठाउं तर्फ फर्कें !! खै त बिपिन के भन्न बोलाको तिमीलाई ??उनी सोध्दै थिईन,केहि हैन बिपिन भाग्ने रे आज नपढेर,आजै जीबन नआउने आजै बिपिन पनि नफढेर भाग्ने तिनीहरु त कस्ता छन नी निरास हुदै उनले भनिन,म भने आज सारा मनका कुरा भन्न पाईने भो भन्दै खुशी थिए त्यति कैमा हाल्फ टाईम सकिएको संकेत गर्दै घन्टी बज्यो!! जाउ कक्षा मा मैले भने हामी कक्षा तर्फ लाग्यौं!! आज त मेरो मनको कुरा भनेरै छोड्छु बांकी कसरी पो भन्ने होला त्यस्तै कुराहरू सोंच्दा सोंच्दै ४ बजेको बिदा भएको संकेत गर्दै पालेले घन्टी बजायो हामी घर फर्कनको लागि कक्षा बाट निस्कियम गेट कट्ने बित्तिकै साथीहरूलाई भोली भेट्ने बाचाका सहित बिदाईको हात हल्लाउदै हामी आफ्नो घर जाने बाटो तर्फ लाग्यौं!! पहिला त संधाजस्तै सामान्य कुराकानी गर्दै हामी बाटो काटिरहेका थियौ तर एक्कासि मैले भने प्रमिला तिमी कति राम्री छौ !!(प्रमिला थापा थियो उसको नाम) छैन भो बिल्ला नगरन हास्दै भनिन उनी,जिस्केको होईन सांच्चिकै भनेको मलाई तिमी एकदमै मन पर्छ “आइ लभ यु” मन दह्रो गराउदै मैले भने ल नजिस्कन....कति हंसाएको उनी झनै हास्दै भन्दै थिइन तर म झनै भावुक हुदै भने जिस्केको होइन प्रमिला सांच्चिकै म तिमी लाई कहिलेबाट मनमनै मन पराउन थालिसकेछु म आफुलाई नै थाहा भएन तर म तिमीलाई एकदमै धेरै मन पराउछू आइ लब यु.....,..उनी पनि केहि भाबुक हुदैभनिन हेर लक्ष्मण म तिमी लाई कहिल्यै त्यसतो नजरले हेरेकै छैन हामी बच्चै देखिको साथी हौं तिमी ले यस्तो भन्लाउ भनेर मैले कहिल्यै सोंचेको पनि थिईन,मलाई नी थाहा छ हामी सानैबाट संगै खेल्दै,पढदै हुर्केका हौं मेरो पनि पहिला तिमी प्रति यस्तो धारणा राखेकै थिईन तर अचानक आजभोली तिमीलाई मन पराउन थालेकोछु तिम्रै बारेमा सोंच्दासोंच्दै कहिलेबाट तिमी भित्र हराउन थालिसकेको रहेछु बिन्ती नाई नभन्नू म सारा जीवन तिमीसंगै बिताउन चाहान्छू आई लव यु मैले फेरी भने, उनी मलाई सम्झाउदै थिईन तर मैले एकनासै यही कुरा नै दोहराईरहे केहि सीप नलागेपछि दिक्क हुदै आधा सहमति जनाउदै भनिन ठिक छ तिमी मसंगै जुनी बिताउने सपना देखेका छौ भने तर मलाई सोंच्नका लागि तिमी ले समय दिनुपर्छ यत्रो ठुलो निर्णय म झ्याप्पै लिन सक्दिन उनले यति भनिसकेपछि म आफूलाई हावामा उडाउदै अनेक अनेक रहरहरू मनमा सोंच्दै ठिकै छ तिमीलाई निर्णय लिन गाह्रो हुने भए म समय दिन्छु तर आशा छ तिमीले मेरो प्रस्ताव अस्विकार गर्नेछैनौ यतिका कुरा गर्दासम्म हामी गाउ आइपुग्न लागिसकेका थियौं उनले पनि अल द बेस्ट भन्दै अब घर आइपुग्न लाग्यो राम्रो संग जाउ है बिदाईको हात हल्लाउन थालिन म पनि मनको कुरा सबै सबै उनलाई भनेकोले मन हलुङ्गो महशुस गर्दै बिदाई स्वीकार्दै जवाफी हात हल्लाउन थाले!!

त्यसपछि सांझमा निरन्तर हाम्रो फोन मा कुरा हुन थाल्यो उनी हांस्दै बोल्थिन आफुले मन पराएको मान्छेसंग यसरी बोल्न पाउदा मेरो झन खुशी को ठेगान नै थिएन दिन अनि रातहरु यसरी नै बितिरह्यो... एकदिन सांझमा खाना खाएर ओच्छ्यानमा पल्टिएर किताब हेरिरहेको थिए मेरो मोबाईलमा घन्टी बज्यो..यसो हेरें त्यो फोन प्रमिलाको थियो म हतारिंदै फोन उठाय,सुमधुर स्वरमा प्रमिलाले हेल्लो भनिन, म पनि हेल्लो के गरेकी छौ भन्न नभ्याउदै प्रमिलाले उताबाट भनिन “सरी लक्ष्मण ”  मैले उत्सुकताका साथ सोधे सरी चांहि किन नी,हाम्रो जात मिल्दैनमयो समाजमा अझै नि जातपातको कुरा चलिरहन्छ तिम्रो संसार रंगिन बनाउन सक्दिन माफ गर म तिम्रो हुन सक्दिन प्रमिलाले भनिन,(मलाई संसार नै अंध्यारो भएको भान हुन थाल्यो)आखिर त्यो जातमा के राखेको छ र जातसंग होर मैले त तिमीसंग प्रेम गरेको थिए तिमी नै नाई भन्छौ भने मेरो भन्नू केहि छैन ल वाई...फोन राख मैले भने,उनि हांस्दै अरे रिसाएको लाटा म त जिस्केको पो त आइ लव यु टु.. .. मेरो कानमा यो आवाज लगभग १/२ मिनेटसम्म गुन्जिरह्यो अघि भर्खर उजाड अनि अंध्यारो लागेको त्यो मेरो संसारमा फेरी बिहानीको घाम अनि दिपावलीमा बाल्ने बत्तिहरू एकैसाथ झिलमिल बलेको जस्तो लाग्न थाल्यो,मसंग यस्तो कुरामा कहिल्यै नजिस्कनु ल.....मलाई एकदमै गाह्रो हुन्छ भने केहि बेरसम्म हामीबिच यस्तै मिठामिठा कुराकानी चलिरह्यो ...ल फोन राखे आफ्नो ख्याल गर लाटा वाई गुडनाईट भन्दै उनले फोन राखिन मोबाईलमा यसो हेरे ३० मिनेट ५६ सेकेन्ड भैसकेको रैछ मलाई त्यो ३० मिनेट कति चांडै बितेजस्तो लाग्यो पढन लागेको किताब गरे मनभरी अनेकथरी कुरा खेलाउदै कतिबेला निदाएछु पत्तै पाईन,
त्यसपछि हामी स्कूल जांदा नी साथीहरू संग छुट्टिएर २ जना मात्रै हिडन थाल्यौं कहिले साथीहरू भन्दा अगाडि त कहिले पछाडि उनीहरूलाई हाम्रो सम्बन्ध माथि शंका लाग्न थालेछ क्यारे एकदिन बिपिनले म संग सोधेको पनि थियो के हुदै छ अचेल हामीलाई पर्खिदा नि नपर्खि दुईजना मात्रै हिंडछौत कतै लब त परेछैन? मैले त्यस्तो केहि पनि होइन तिमीहरु नै हो बरु अलग हुन लागेको दोष तिनीहरु तर्फ लगाउदै भने!!
दिनहरु यसरी नै बितिरहेको थियो अब हाम्रो बार्षिक परीक्षा अर्थात एसएलसी आउन केहि महिना मात्र बांकी थियो हाम्रो ट्युसन क्लास पनि सुरू भयो बिहानै उठेर जानुपर्ने कताकता अल्छी त प्रमिलासंग संगै जान पाउदा रमाईलो पनि लागिराखेको थियो समय निकै छिटो बितेजस्तो लाग्न थाल्यो दिनहु संगसंगै स्कुलको यात्रा सांझ परेपछि फोन र म्यासेजले हामी अब एकअर्काबाट छुट्नै नसक्ने अबस्थामा पुगिसकेका थियौं!!
एसएलसी आउन अब जम्मा ३/४दिन रहेकोले उनी र म फोनमा घन्टौं कुरा गर्ने दिनहरू केहि क्षणको लागि हामीबाट टाढा गएको थियो परीक्षा नसक्कून जेल मोबाईल अन नगर्ने बाचा गरेका थियौं अब त स्कुल जांदा र फर्कदा बाटामा गरेका कुराकानीले मात्र चित बुझाउनु पर्ने भएको थियो!! गर्दा गर्दा हाम्रो परीक्षा पनि आयो परीक्षाका लागि सेन्टर लगभग २ घन्टा हिन्नुपर्ने ठाउं को स्कुलमा परेछ बिहान ७ बजेको परीक्षा २ घन्टाको बाटो हिंडेर दिनजान त साध्य नै थिएन त्यसैले हामी होटलमा बस्ने निर्णय गरियो म बिपिन र जीबन एउटै कोठामा बस्थियौ त प्रमिला साथीसंग अर्कै होटलमा अब त हाम्रो भेट हून पनि मुस्किल भैसकेको थियो घरीघरी भेट भैहाले पनि साथीहरू संगै हुनेभएकाले मनका कुरा गर्न पाउदैनथियौ!!
मलाई त्यो ९ दिन ९बर्ष जस्तो लागेको थियो परीक्षा को अन्तिम दिन परीक्षा सकेर हामी होटलमा फर्कियौं खाना खाएर होटलको दाई लाई हाम्रो हिसाब गर्न पठाउदै हामी घरजाने तयारी गर्नतर्फ लाग्यौ साथीहरू संग छलेर म प्रमिलालाई फोन गरेर घर साथीहरु भन्दा अलि पछि जाने निर्णय गरियो!! होटलको बिल बुझाउदै हामी होटल बाहिर निस्कियौ र मैले बिपिन र जीबनलाई भने मेरो यंहा बजारमा भूल्ने काम छ तिमी हरू जांदै गर म आउछु,बजारमा हो की प्रमिलासंग हो भूल्ने काम भाको ल..ल जाउ तिम्रै छ दिन बिपिनले भनिहाले जीबन पनि सहमति जनाउदै मुसुक्क मुस्कुराए.,हाम्रो सम्बन्ध बारे अलिअलि थाहा पाईसकेका थिय तिनीहरुले, हावा कुरा नगर न बिपिन त्यसै जे पाई त्यही हामी बिच केहि सम्बन्ध नभएको जस्तो गर्दै मैले भने र ल..ल जाउ भनेर म प्रमिला बस्ने होटल तर्फ लागे प्रमिला पनि तयार भएर होटल बाहिर मलाई नै कुरेर बसिरहेकी रैछिन, मैले आंखाको ईशारा गर्दै अगाडि आउ भने किनकी त्याहा प्रमिलाको साथिहरु पनि थिए केहि समय पछि उनी आइन अनि हामी हाम्रो घर जाने बाटो तर्फ अगाढी बढन थाल्यौं !! मिठामिठा कुरा गर्दै हामी बाटो काटिरहेका थियौ कहिले उ मेरो कुम समाउदै त कहिले म उनको ,हांस्दै अनि हंसाउदै कुराकानी कै क्रममा मैले उनिसंग शाररीक सम्बन्धको प्रस्ताव पनि राखेको थिए सुरुमा त नाई भन्दै मसंग रिसाइन उनी,मेरो जिद्दीपनाले भनुम या हामीबिचको प्रेम अनि बिश्वास ले हामी बिच शाररीक सम्बन्ध पनि भयो!!  हामी एकअर्कालाई निकै नै चाहन्थियम उ म बिना अनि म उ बिना बाच्न नसक्ने भैसकेका थियौ हामी बिचको मन देखि तनसम्मको सम्बन्ध ले हाम्रो माया झनै गाढा भैरहको थियो!!

परीक्षा सकिएको र ३ महिना बिदा भएकोले उनी मामाघर घुम्न जाने योजना बनाएकी रहेछिन मलाई पनि संगै हिडनका लागि आग्रह गर्दै थिईन तर यो समाजका मान्छेहरूको डरले मैले त्यो प्रस्ताव अस्वीकार गरिदिए त्यसैको बाहानामा मसंग रिसाएर एकछिन फोन नगर्ने मैले गर्दा नउठाउने समेत गरिन आखिर हामी एकअर्कासंग नबोलेर बस्न कंहा सक्थियम र उताबाट उनी आफै फोन गरेर भन्दै थिईन म भोलि मामाघर जांदैछु मलाई बस लाग्ने ठाउसम्म छोडन जानुपर्छ तिमी, कति बेला नी बिहानै होला मलाई उठन झ्याउ लाग्छ मैले भने,उनी रिसाउदै ६ बजे तिर जसरी भएपनि....जाउ भन्दा नी नमान्ने अनि छोडन जान पनि आएनौ भने म तिमीसंग कहिल्यै नी बोल्दिन,ए हुन्छ बाबा म आउछु तर मसंग रिसाएर बोल्दिन चांहि कहिल्यै नभन ल मैले भने, हुन्छ ल ...अब सुतौं भोली बिहानै उठ्नू छ बाई उनले भनिन म पनि वाई भन्दै फोन राखिदिए !!

बिहान ५:१५ मोबाईलको घन्टी बज्यो म बिउझिए ...हेरेको त्यो फोन प्रमिला को नै थियो छिटोछिटो उठाए कंहा हो पागल अझै सुत्दै छौ क्या....उताबाट आवाज आयो,हैन उठिसके अब आउन लागेको छु मैले भने,छिटो आउ म घरबाट निस्किएर तिमीलाई पर्खेर बस्छु उनले भनिन र फोन काटिन,म हतार हतारमा उठेर मुख धोएर कपडा लगाएर उनको घर तिर लागे मोबाईलमा म्यासेज आयो छिटो आउ म घरमुनी कुरेर बस्छु ....म म्यासेजको रिप्लाई पनि नगरी हतारिंदै मोबाईल गोजीमा हालेर सरासर अगाढी बढे,केही छिन पछि उनको घर मुनि पुगे लुकीलुकी कतै उसको बुवाआमा ले पो देख्नूहुन्छ की भन्ने डरले,मलाई फोन हान्न लाउदै रैछिन उनी कानबाट मोबाईल हटाउदै कति ढिला गरेको भन्दै थिईन  म केहि नसुने झैं गरी हिंड जाउ भने हामी बस भेटनको लागि कम्तिमा नी १५/२० मिनेट को बाटो हिडनूपर्ने थियो!! “मामाघर जान लाको भएर हो क्या अनहार पनि हंसिलो र राम्रि देखिएकी छौ त” भेनाले राख्लान है फेरी.... जिस्कदै मैले भने तर उनको अनुहारले प्रस्ट बताईरहेको थियो उनी एकरति पनि खुशी थिईनन सायद उनको साथमा म नहुने भएकाले पो हो की ? म बसे त जिन्दगी भरी रोलाऊ नि तिमी..उनले भनिन, मन सम्हालेर बसुम्ला न त मैले भने, ओह! मन सम्हाल्न सक्ने भैसकेको अचेल पहिला त के-के भन्थियौ त उनीले भनिन ह्या जिस्केको नी जीवन त तिमीसंगै बिताउने हो अनि मरे तिम्रै साथमा ...उनी मुसुक्क मुस्काईन यसरी नै हामीबिच कूरा चलिरहेको थियो तर अब उ बसमा चढने ठाउं आइपुगिसकेको थियो!! मामाघर गएर धेरै घुम्ने होइन समयमै खाना खाने अनि बेलाबेलामा मलाई फोन गर्ने फेरी बिर्सेलाउ नी मलाई मैले भने तिमी त्यस्तो कूरा नगर तिमी लाई बिर्से मैले सम्झने कस्लाई त अनुहारमा झनै निराशपना ल्याउदै उनले भनिन त्यतीकै मा बस पनि आइपुग्यो म रोक्नको लागि ईशारा गर्दै हात माथि उठाए बसको खंलासीले कंहा जाने हो भनेर सोध्दै थियो प्रमिलाले जवाफ दिईन पोखरा र उनी बसमा उक्लीन उनको अनुहारले छरपष्ट बताईरहेको थियो उनी बिल्कुलै खुशी थिईनन!! म राम्रोसंग जाउ है पुगेपछि एकफेरा फोन गर.... भने उनी केही नबोली हुन्छ भन्ने सहमतिका साथ मुन्टो हल्लाइन त्यतीकै मा बस पनि छुट्यो उनी झ्यालबाट मुन्टो निकाली मलाई नै हेरिरहेकी थिईन म पनि उनलाई देखुन जेल सम्म वाई गर्दै हात हल्लाउदै बसे नागबेली घुम्तिबाट बस अनि उनी हराउदै गइन म मन खिन्न गराउदै घर फर्किए!!
घर आए र दैनिकी कामहरू गर्दा नै दिन बितिरहेको थियो उनको फोन आउलाकी भन्ने आशमा दिन काटे त्यती बेर सम्म पनि फोन आएन अनि मैले गर्ने प्रयास पनि गरे तर स्वीच अफ बताईरह्यो!!

सपनाहरू सबै अंधुरा अनि अपुरा भय संसार नै कालो अनि धमिलो देख्न थाले भगवान भन्ने जिनिस नै नभएको जस्तो अनुभव हुन थाल्यो साथमा घरपरिवार हुदा पनि एक्लो भए जस्तो महशुस हुन थाल्यो आंखाबाट बरबरी आंशु बग्न थाले उनी मेरो जीवन मा कहिल्यै नआउने गरी अरु कसैको प्यारी भैछिन मेरो प्रिय मान्छे आंखामा अझै झल्झली आइरहन्छिन अझै पनि जति बल लगाउदा नी म उनीलाई भुल्न सकिरहेको छैन उनीसंगै संगै जीउने अनि मर्ने बाचा सबै अधुरा अनि अपुरा रहे कतै उनी फर्केर आउछिन कि जस्तो लागेर उनी हिड्ने गोरेटो अनि उनको घरसम्म नियाल्ने प्रयत्न गर्छु तर म उनीलाई पाउदिन थिय, पाउथिए पनि किन र उनी त भगवान को प्यारी भैसकेकी थिईन उनी मामाघर जान चढेको बस दुर्घटना परेको थियो मृत्यु हुनेमध्ये मेरो प्रिय मान्छे प्रमिला पनि परेको थिईन!!

बिर्सन नसकेको मान्छे २

प्रिय मैले बिर्सन नसकेको मान्छे,

प्रसान्त महासागर भन्दा ठूलो अनि सगरमाथा भन्दा अग्लो सम्झनाका लहरहरु केवल तिम्रो लागि मात्र ल.......

जिन्दगीका यात्रा हरूमा धेरै मान्छेहरू भेटिए र छुटिए पनि तर तिमी मात्र एउटा त्यस्तो मान्छे हौ जो आजसम्म यतिका बर्ष सम्म पनि मेरो मानसपटल मा अझै उस्तै जस्तो बर्षौं पहिला रहेकी थियौ!!
मेरो प्रिय मान्छे हो मैले तिमीलाई जति नै भुल्ने चेष्टा गरेपनि कहिल्यै भुल्न सकिन अझै भनुम क्यारे भुल्न नै चाहिन!! म संग भएको त्यही तिम्रो याद त होनी यस्लाई पनि भुले त म सिधा संधाको लागि एक्लै त भैहाल्छु नी हिजो पो मेरो साथमा तिमी थियौ र आज त को छ र? यहि तिम्रो यादले त मलाई जिउने प्रेरणा दिईरहेको छ त्यसैले पनि तिम्रो याद लाई भुल्न चाहान्न!!

कति रमाईला थिए त्यो पल जंहा तिमी र म संगसंगै स्कुल बिदामा घांस दाउरा अनि गोठालो जांदाका दिनहरू आज सम्झदा मात्रै पनि फेरी एकफेरा तिमीलाई मेरै नजिक मेरै बरिपरी हिजो को मेरो हुदाको तिमीलाई पाउछू!!
आज पनि झल्झली याद आउछ रोधीमा नजानी नजानी भए पनि तिमीसंगै नाचेको मेरै लागि भनेर साउने ब्रत बसेको हातभरी हरिया चुरा लगाएर बजाउदै जब तिमी म सामु आउथियौ नी सांच्चिकै स्वर्ग बाट परी नै आए जस्तो भान हुन्थियो मलाई म यो सब कुरा तिमी लाई मख्ख पार्नको भनिरहेकोछु नसोच्नु मलाई तिमी जस्तो लाग्थियौ नी त्यस्तै भनिदिएको मात्र,
श्रावणको महिना बर्षात मा भिज्दै भिज्दै बोलबम गएर मागेको ती कुराहरू सायद भगवान ले सुनेनछन क्यारे! कि त तिमीले मलाई माग्दै मागिनौ हुनसक्छ मलाई मख्ख पार्नको लागि मात्रै “तिमीलाई भगवान संग मागेकी छुनी” मैले भनेउ जेहोस तिमी ले त्यसो भन्दा एकैछिन भए पनि मन हावामा उडाएर तिमी संगै जुनी काट्ने सपनाहरू देखेको थिए!! जब म दुखि हुन्थिए तिमीले फकाउथियौ,तिमी दुखि हुदा नजानि नजानि भएपनि तिमीलाई फकाउने प्रयास गर्थिए सम्झदा मात्रै नी रमाईलो लागेर आउछ अहिले पनि तिमी मेरो कांखमा अड्याउदै भन्थियौ हेर न त्यो जून कति राम्रो छ है, म पनि भनिदिन्थे तिमी त्यो जून भन्दा नी राम्री छौ होला खुवै भनेर मेरो नाक तानिदिन्थ्यौ अनि म नाक तानिदिएको बाहानामा रिसाएको जस्तो गरीदिन्थे,तिमी मलाई फकाउन खोज्थियौ म झनै रिसाएको जस्तो नाटक गरिदिन्थे त्यही फकाउने बाहानामा तिमी मेरो निधारमा किस गरीदिन्थ्यौ,”बच्चा हो र म निधारमा किस गर्नलाई” यी यंहा गर आफ्नो ओंठ तर्फ ईशारा गर्दै म भन्थे,त्याहा त ईस गर्छु फोहोरी भन्दै गालामा प्याट्ट पिट्दै तिमी भाग्न खोजथियौ म च्याप्प समातेर तिमीलाई अंगालोमा झनै नफुत्कने गरी बांध्थे!! दिनहुको भेटघाट छिनछिनको फोन र म्यासेज झनै गाढा भैरहेको थियो!! तर एक्कासी तिम्रो बिहेको खवर गाउभरी फैलियो सुरूमा त लाग्यो त्यो झुटो हो तर त्यो सांच्चिकै रहेछ बिहेको मिती पनि पक्का भैसकेको रहेछ तिम्रो!!  मलाई भनि लाग्दैथियो सिंगो आकाश नै मैमाथि खसेकोछ,ज्वालामुखीमा परेको छू तिमीलाई भेटन झन मन अतालिन थाल्यो तिम्रो मुख बाट सुन्न मन थियो त्यो झुटो हो तर बास्तविकता लुकाएर कंहा लुक्छ र!
जसै बज्यो पन्जेबाजा तिम्रो घरमा अनि त म आफुले आफैलाई रित्तोरित्तो महशुस गर्न थाले भुकम्पले बिनास पारेको बस्ती जस्तै सुनसान अनि शोकमन्न तिमी त गयौ पराईको डोलीमा चढी खुशी थियौ या त दुखि मलाई थाहा भएन तर म भने एकान्तमै रोहि बसे!! बिहे भएको नी २/३ दिन बित्यो रितीरिवाज अनुसार तिमी पहिलेको घर अहिले को माईत “दुरुम” फर्काउन आयौ मैले तिमी लाई एकफेरा हेर्ने निर्णय गरे थामे आंशू अनि गए तिम्रो घर नजिक रातो सारी हात भरी चुरा औंलामा औंठी निधारमा रातो टिका कुनै फिल्मको हिरोइनी भन्दा कम देखिएकी थिएनौ!! तर मलाई बिल्कुलै राम्रो लागेन तिम्रो साथमा म हुनूपर्ने ठाउंमा तिम्रो श्रीमान थियो खुशी थियौ तिमी मुसुक्क मुस्कुराउदै आफ्नो श्रीमानलाई हेरिरहेकी थियो!!
त्यो दृष्य हेरिरहदा मैले आंशू थाम्नै सकिन र आंखाको आंशू पुछ्दै घरतिर गए !!
मनभरी अनेकौं कुरा खेल्न थाले मसंगको साथ राम्रो नलागेरै त होला नी तिमीले अर्कैको साथ रोजेको भन्ने एकातिर लाग्थ्यो र अर्को तिर सायद बुवमुवाको कुरा काट्न नसकेर होला भन्ने पनि लाग्यो!! तर तिमीले बिहे गर्दैछु म भनेर एकफेरा भन्न पनि योग्य ठानिनौ है मलाई हुनसक्छ सायद म रून्छु तिमीलाई फकाउन झ्याउ हुन्छ भनेर होला छोडिदेउ यि बेक्कार र बेफ्वाक का कुराहरू थाहा छ अब यी कुराहरूले तिम्रो र मेरो जीवनमा कुनै अर्थ राख्दैन!!

जसै तिमी मेरो जिन्दगी बाट कहिल्यै नफर्किने गरी गयौ नी त्यतीबेला लाग्थ्यो “तिमीबिना मेरो केही अस्तित्व नै छैन म मरे सरी भए” तर त्यस्तो होईन रहेछ बिस्तारै समय संग मन पनि बदलिदै जाँदो रहेछ तर यसको मतलव यो होईन की म तिमीलाई सम्झिन्न माया नै गर्दिन भन्ने सम्झन त हिजो भन्दा नी बेसी सम्झन्छु माया पनि हिजो भन्दा आज झनै गर्छु!! त्यही तिमीसंग बिताएका मिठा पलहरू त मेरो जीवन जिउने प्रेरणा बनेर उभीएकोछ जस्तो की सानोतिनो भुईचालो भत्काउन नसक्ने घरको पिल्लरहरू जसरी एकदमै मजबुत!!

तिमीले त पराईलाई रोजेर गयौ तर म आजसम्म म अरु कसैसंग खुल्न नै चाहिन मलाई चाहानेहरु पनि नभएका त होईनन तर तिम्रो जीवनमा मेरो ठाउं अरूले लिए पनि मेरो जीवन मा तिम्रो ठाउं कसैले नी लिन सक्दैन हिजो तिमी थियौ यो दिल भित्र माछा जस्तै उम्किएर गयौ आज पनि तिम्रा यादहरू छन जुन याद लाई म हिजो तिमी उम्किए जसरी उम्किन दिन्न एकदम जतन अनि सुरक्षित साथ संधै भरी यो दिलमा नै राख्नेछु  भेट हुदा बोलिदेउ आंखा तरेर नहिड मलाई त्यती भए पुग्छ जंहा जुनठाउमा रहे पनि संधै हांसिखुशि रहनू रुने त म छंदै छु नी यति भन्दै यो पत्रबाट क्षितिजमा डुब्न लागेको घाम जस्तै ओझेल पर्न चाहान्छु!! अलबिदा!!
                                           उही तिमीलाई बिर्सन नसकेको मान्छे

मुक्तक

प्रेम दिल खोली दिल देखिनै लाए पो मज्जा आउछ जीबनमा ‘काला गए गोरा आए’ पो मज्जा आउछ हैट! रुने होईन,बिगतलाई भुलेर त प्रगती पो गर्ने हो छाडेर ...